Skip to main content

Posts

Showing posts from June 29, 2008

विवादको जडः राष्ट्रपति

संविधानसभा निर्वाचनसम्पन्न भएको दुई महिना वितिसके पनि दलहरुबीच नयाँ सरकार निर्माण, राष्ट्रपतिको चयन तथा सेना समायोजन लगायतका विषयहरुमा सहमति बन्न सकेको छैन् । उनीहरुवीचको असहमतिकै कारण संविधानसभाले महत्वपूर्ण काम नथालेको तीनसाता पुगिसकेको छ । असार ४ गते हुने संविधानसभाको चौथो बैठकले पनि संविधान निर्माणको काम थाल्ने सम्भावना निकै कम छ । दुई वर्षभित्र संविधान निर्माण तथा अन्य धेरै कामहरु गर्नुपर्ने संविधानसभाका दिनहरु वित्थामा वित्नुलाई कुनै सर्तमा राम्रो मान्न सकिदैन। दलहरुका बीचमा विशेषगरी राष्ट्रपति पद र माओवादी लडाकुको समायोजन नै मुख्य विमतीको विषय रहेको छ । लोकतान्त्रिक गणतन्त्र ल्याउन आफ्नो दलको मुख्य भूमिका रहेकाले पहिलो राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने काँग्रेसको दावी छ र यसका लागि उसले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई अगाडी सारेको छ । राष्ट्राध्यक्षको समेत कार्यभार अहिले सम्हालीरहेका कोइरालामा राष्ट्रपति हुने तिब्र इच्छा भएपनि उनी आफैले यसबारे मुख खोलेका छैनन् । आफ्ना विश्वासपात्र गृहमन्त्री कृष्णप्रसाद सिटौला मार्फत मोही माग्ने ढुङग्रो लुकाउने शैलीमा उनले माओवादी समर्थ...